आर्थिक सहयोग गरि जीवन बचाइ दिन आग्रह

दाङ समाचार
दाङ समाचार ५ असार २०७९, आईतवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर ४ चैलाही निवासी २२ वर्षिय दिनेश चौधरीले आफ्नो जीवन बचाई दिन सबैसंग अपिल गरेका छन ।

दिनेशका दुबै मृगौला फेल भएका छन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा समस्या भएको दिनेशकी आमा केवली चौधरीको भनाई छ ।

गएको माघ महिना देखि दिनेश बिरामी भएक थिए । लमही स्थित एक मेडिकलमा चेकजाँच गराए पछि उनको मृगौलामा खराबी भएको थाह भएको थियो । आमा केवलीका अनुशार ऋण सापट कारेर छोराको उपचार गराउन बुटवल गएका थिए, त्यहाँ पनि डाक्टरले दिनेशका दुबै मृगौला फेल भएको जानकारी दिए ।

करिब पाँच दिनको बुटवल बसाई पछि फेरि घर फर्किए । लमही नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुबास न्यौपानेको पहलमा अहिले लमही रातो डाडामा रहेको डायलासिस सेन्टर लमहीमा निशुल्क डायलासिस गराई रहेका छन ।

सामान्य घर परिवारका दिनेश एक्लो छोरा हुन । एक श्रीमती, बुवा आमा, दुई दिदिबहिनी छन । बुवा कुष्ठरोगी हुन भने आमाको हात भाँचिएको छ ।

प्रतिक्रिया दिनुहोस्