बाँके प्रहरीद्वारा दुई जना फरार अभियुक्त पक्राउ

दाङ समाचार
दाङ समाचार ५ असार २०७९, आईतवार
1 Min Read
Aa

दाङ – बाँके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार हातहतियार खरखजना मुद्दाका डुडुवा गाउँपालिका वडा नं. ६ का पहलमान पासी र लेनदेन मुद्दाका राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का गलुराम थारुलाई नियन्त्रणमा लिइएको छ।

बाँके जिल्ला अदालतले २०७२ कात्तिक १ गते पासीलाई हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो। थारुलाई अदालतले २०७९ जेठ ५ गते लेनदेन मुद्दामा एक वर्ष कैद सुनाएको थियो। प्रहरीले पक्राउ परेका दुवै जनालाई अदालत बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्