यी हुन् रविले घोषणा गरेका पार्टीका ७ विशेषता

दाङ समाचार
दाङ समाचार ७ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नवघोषित दल राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता सुनाएका छन्। राष्ट्रिय सभागृहमा पार्टी घोषणापछि बोल्दै उनले आफ्नो पार्टीको ७ विशेषता सुनाएका हुन्।

उनले घोषणाका क्रममा दलको नाम तीन पटकसम्म उच्चारण गरेका थिए । घोषणाका क्रममा उनले देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने, एउटै परिवारबाट धेरैजना पदमा बस्न नपाउने लगायतका ७ विशेषता उनले बताएका हुन्।

रविले घोषणा गरेको पार्टीको विशेषताहरु : प्रारम्भिक निर्वाचन बहुसंख्यक युवा (५० प्रतिशत प्लस १) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री राइट टु रिकल एन्ड राइट टु रिजेक्ट डिजिटल डेमोक्रेसी परिवारवाद निषेध भ्रातृ संगठन र कार्यकर्तारहित

प्रतिक्रिया दिनुहोस्