मेयरको अधिकार कटौती गर्ने एमालेको प्रयास, नमान्दा कार्यपालिका बहिस्कार

दाङ समाचार
दाङ समाचार ७ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – हेटौंडा उपमहानगरपालिकामा बहुमत कार्यपालिका सदस्य रहेको नेकपा एमालेले मेयरको अधिकार कटौती गर्न खोजेको छ । तर त्यसमा सहमति नजुटेपछि कार्यपालिका बैठक नै बहिस्कार गरेको छ ।

नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो ।

२९ कार्यपालिका सदस्य मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको हो ।

तर संशोधन प्रस्ताव दर्ता नभएपछि एमालेले कार्यपालिका बैठक नै बहिष्कार गरेको हो । २०७४ मा उपहानगरले बनाएको ऐनमा एमालेले ल्याएको संशोधन प्रस्तावले मेयरको अधिकार कटौती गर्ने देखिन्छ ।

तर एमालेको संशोधनमा मेयर मिना लामासहित अरूले सहमति जनाएन । मेयरको अधिकार कटौती गर्ने प्रयासमा सहमति नजुटेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक नै बहिस्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्