धार्मिक पर्यटक बोकेको भारतीय रेल आइपुग्यो जनकपुरधाम

दाङ समाचार
दाङ समाचार ९ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो ।

भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे स्टेशनमा आइपुगेको हो ।

रेल आएपछि भारतीय पर्यटकलाई मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितकाले स्वागत गरेका छन् ।

भारतबाट आएको रेल र पर्यटकलाई हेर्नका लागि रेल्वे स्टेशनमा ठूलो घुइँचो लागेको छ । रेलमा ६ सय जना धार्मिक पर्यटक छन् । उनीहरु सबैलाई बिहीबार जनकपुरधाममा बास बस्ने व्यवस्था मिलाइएको छ ।

उनीहरुलाई जानकी मन्दिर, धनुषाधाम दर्शन गराउनुका साथै साँझको गंगा आरतीमा समेत सहभागी गराइनेछ । धर्मिक पर्यटकको स्वागत गर्न आएका मुख्यमन्त्री लालबाबु राउतले आजको दिन महत्वपूर्ण भएको बताए । उनले रामायण सर्किटलाई जोड्न यो यात्राले सघाउ पुग्ने भन्दै प्रदेशको पर्यटकीय क्षेत्रको पनि विकास हुने बताए ।

प्रतिक्रिया दिनुहोस्