विमानस्थलबाट १०० ग्राम सुन बरामद

दाङ समाचार
दाङ समाचार १० असार २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ । शुक्रबार सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो।

सुन बरामद भएपछि सिराहाका निरन्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्