पोखराको सुइँखेत डुबानमा, १५० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

दाङ समाचार
दाङ समाचार ११ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् । पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।

तर, त्यसबारे यकिन विवरण भने नआइसकेको उनले बताए । वडाध्यक्ष तिमिल्सिनाका अनुसार पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । ‘यो बस्तीमा करिब ढेडसयभन्दा बढी घर छन् ।

ती सबै डुबानमा परेका छन्’ उनले भने, ‘टोलबासीहरूलाई उद्धार गरिएको छ । उनीहरुको कोही आफन्तकोमा गएका छन्, भने कोहीलाई मन्दिरमा राखिएको छ ।

’ पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् । ‘घर बगाएको छ । फार्महरु बगाएको छ । बाख्रा बगाएको छ । अन्य मानवीय क्षति हुन पाएन । तर, भौतिक क्षति धेरै भएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्