प्रतिष्ठानमा २३ हप्ताको गर्भवती युवतीको एपेण्डिसाईटिसको सफल अप्रेसन

दाङ समाचार
दाङ समाचार ११ असार २०७९, शनिबार
1 Min Read
Aa

निशानदाजु भट्टराई, दाङ

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २३ हप्ताको गर्भवती युवतीको जटिल प्रकारको एपेण्डिसाइटिसको सफल अप्रेसन भएको छ ।

प्रतिष्ठानका सर्जन चिकित्सक र एनेस्थेसियाको टाेलिले दङ्गिशरण २ का १८ बर्षिय युवतीको अप्रेसन गरेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।

तुलसीपुर एपोलो क्लिनिकबाट रिफर भएर आएकी बिरामी प्रतिष्ठानमा भर्ना भएकी थिइन । क्लिनिकमा र प्रतिष्ठानमा अल्ट्रासाउण्ड गरेपछि बिरामीमा एपेण्डिसाइटिस समस्या देखिएको थियो ।

प्रतिष्ठानको सेवा राम्रो भएकाले अप्रेसनका लागि आफु अस्पताल भर्ना भएको बिरामीले बताइन । उनले भनिन-`एक दिनको पेट दुखाईपछि मेरा परिवारले क्लिनिकमा लैजानु भएको थियो, अल्ट्रासाउण्ड गर्दा एपेण्डिसाईटिस देखिएपछि प्रतिष्ठानमा सेवा राम्रो छ भनेर सन्चारमाध्यमबाट थाहा पाएकै कारण त्यहाँबाट रिफर भई प्रतिष्ठानमा उपचारका लागि आएकी हुँ, यहाँका चिकित्सकहरुले मेरो राम्रो उपचार गरि सफल अप्रेसन गरिदीएकोमा धन्यवाद दिन चाहन्छु ।´

अप्रेसनपश्चात बिरामीको अबस्था सामान्य रहेको छ । अप्रेसनमा संलग्न एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले २३ हप्ताको युवतीको जटिल स्वास्थ्य अबस्थालाई ध्यान दिदै उच्च जोखिम लिएर अप्रेसन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्