दङिशरणमा महिला सशक्तीकरण तालिम सप्पन्न

दाङ समाचार
दाङ समाचार १३ असार २०७९, सोमबार
2 Min Read
Aa

प्रमोद आचार्य, दाङ

दङिशरण गाउँपालिकाको आयोजनामा महिला शसक्तिकरण सम्बन्धि २ दिने तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

दङिशरण गाउँपालिका वडा नम्बर ६ र ७ मा हिजोदेखि शुरु भएको २ दिने तालिमको छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै दङिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले महिलाहरुले महिला भएकै कारण हिनताबोध गर्न नहुने बताए ।

देशका बिभिन्न उच्च ओहोदामा महिलाहरु रहेको स्मरण गर्दै महिलाहरू पनि अबसर पाए पुरुष सरह काम गर्न सक्छन भन्ने प्रशस्तै उदाहरण भएको कुरामा जोड दिए ।

पालिका उपाध्यक्ष पिमा खड्काले महिलाहरु आफू पनि खुशी हुने र परिवारलाई पनि खुशी राख्न सक्नु पर्ने कुरामा जोड दिइन ।

यस्तै वडाध्यक्ष रेशम वलीले महिलाहरू शसक्त रूपमा जागरुक भई महिला अधिकारका सवालमा अगाडि बढन सक्नु पर्ने बताए ।

महिलाको क्षेत्रमा आफु ५ बर्ष पहिलेपनि कार्यबिधि बनाएरै बढेको र अहिलेपनि महिला तथा बालबालिकाको क्षेत्रलाइ प्राथमिकतामा राखेर अगाडि बढने बताईन । हरेक क्षेत्रको मुलप्रबाहमा महिलाहरु कत्तिपनि लाज, डर ,धक नमानेर नेतृत्व तहमा आउन सबैलाई आग्रह गरिन ।

तालिममा वडा नम्बर ६ मा ८० र वडा नम्बर ७ मा गरि ६० जना महिलाहरुको सहभागिता रहेको थियो । तलिमको प्रशिक्षकमा दङिशरण मानब अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति शुसिल बस्नेत, गाउँपालिकाका राजस्व प्रमुख किरण पोख्रेल र घोराही उपमहानगरपालिकामा कार्यरत अधिकृत तेजा गैरे रहेका थिए ।

महिलाबाललिका शाखा दङिशरणको आर्थिक बर्ष ०७८/७९ को कार्यक्रम अनुसार २ दिने तालिमको आयोजना गरिएको महिलाबालबालिका शाखाका महिला विकास सहायक निरीक्षक चन्द्रा वलीले जानकारी दिइन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्