रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १४ असार २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका-२ का ४५ वर्षीय रामनाथ बरई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार मंगलबार बिहान खेतमा गएका उनको चट्याङ लागेर मृत्यु भएको हो । बरईको शवलाई पोष्टमार्टका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको पौडेलले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्