नवलपुरमा खाेलाले बगाउँदा एक जना बेपत्ता

दाङ समाचार
दाङ समाचार १६ असार २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडाैँ – नवलपुरमा खाेलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हुप्सेकोट गाउँपालिका-२ बस्ने ६८ वर्षीय केशबहादुर समाल रहेका छन्।

उनी हिजाे(बुधबार)बिहान खेतमा धान रोप्न बीउ बोकी गिरुबारी खोला तर्ने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएका हुन्।

प्रहरीले उनी बेपत्ता भएकाे खबर प्राप्त हुनासाथ खोजतलास सुरु गरे पनि अझैसम्म फेला पार्न सकेकाे छैन। प्रहरीले खाेजतलास जारी रहेकाे जनाएकाे छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्