अस्पतालका कर्मचारी बोकेको बस दुर्घटनामा १ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – बनेपाको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा भक्तपुर लोकन्थलीकी ५२ वर्षीया लेखकुमारी बस्नेत छिन ।

अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो । घाइतेको शीर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल, भोमी अस्पताल र अपाङ्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्