एक लाख नगद रुपैयाँ सहित दाङमा सात जुवाडे पक्राउ

दाङ समाचार
दाङ समाचार १८ असार २०७९, शनिबार
1 Min Read
Aa

दाङ– तुलसीपुर प्रहरीले नगद रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क स्थित रातामाटा होटलबाट पक्राउ गरेको हो

उनिहरुको साथबाट नगद एक लाख दुई हजार तीन सय पचासी रूपैँयासहित ७ जना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सल्यान त्रिवेणी गाउँपालिका १ घर भई हाल दाङ बबई गाउँपालिका १ बस्ने ४१ वर्षिय टोपबहादुर बोहरा, सल्यान शारदा नगरपालिका-१० घर भई हाल तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कमा कोठा भाडा लिइ बस्ने ४१ वर्षिय गुपबहादुर चलाउने, सल्यान त्रिवेणी गाउँपालिका – १ निवासी ३७ वर्षिय धर्मराज थापा र सोही ठाउँ निवासी ३६ वर्षिय गुमान सिह बुढाथोकी रहेका छन् ।

त्यस्तै सल्यान शारदा नगरपालिका-१० निवासी २६ वर्षिय दिप बहादुर चलाउने, सोही ठाउँ निवासी ३४ वर्षिय अम्मरराज खड्का र सल्यान शारदा नगरपालिका – ११ घर भई हाल तुलसीपुर उपमहानगरपालिका -५ बसपार्कमा रातामाटा होटल संचालन गर्दै आएका ३५ वर्षिय सेतीराम बुढाथोकी रहेका छन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित रातामाटा होटलबाट पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्रहरीले नगद र खेली रहेको १ गड्डी तास बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्