गठबन्धन प्यानलका उम्मेदवारलाई विजयी बनाउन अपील

दाङ समाचार
दाङ समाचार २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – घाेराही खानपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे आसन्न निर्वाचनमा गठबन्धन प्यानलका उम्मेदवारलाई विजयी गराउन गठबन्धनमा सम्मिलित दलहरूले आह्वान गरेका छन् ।

आज बिहीबार बिहान बसेकाे सर्वदलीय बैठकले सम्पूर्ण उपभोक्तालाई देवीबहादुर डिसी (देवी वकिल) काे नेतृत्वमा रहेकाे गठबन्धनकाे प्यानललाई विजयी बनाउन अपील गरेकाे हाे ।

नेपाली काङ्ग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उपभोक्ताहरूलाई आग्रह गरेकाे हाे ।

बैठकमा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति कमानसिं भारती, नेपाली काङ्ग्रेस प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ, नेकपा माओवादी केन्द्र नगर कमिटी सचिवालयका शक्तिराम डाँगी, नेकपा एसका लुम्बिनी प्रदेश सदस्य गुरूप्रसाद केसी महरा,नगर अध्यक्ष गजेन्द्रसिं खड्का, नेपाली काङ्ग्रेस घाेराही नगर सभापति तिलक रावत, राष्ट्रिय जनमाेर्चा समन्वय समितिका काेषाध्यक्ष लिलाबहादुर पुन (लालध्वज) काे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्