बाजुराको बूढीगंगामा १ हजार मत गन्दा एमालेलाई ८५ मतको अग्रता

दाङ समाचार
दाङ समाचार २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिका १ हजार मत गन्दा नेकपा एमालेले मेयरमा ८५ मतको अग्रता लिएको छ । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याउँदा नेपाली कांग्रेसका रंगबहादुर खातीले ४३५ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेकै माया कुँवरले अग्रता लिएकी छन् । उनले ५१५ मत पाउदा कांग्रेसकी रिता शाहीले ४३५ मत पाएकी छन् ।  सुरुमा वडा नं. १ र १० को मतगणना चलिरहेको हो । बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्द गरी बिहीबार फेरि मतदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्