राप्ती प्रतिष्ठानमा ७ वटा मेसिन थप्ने तयारी

दाङ समाचार
दाङ समाचार २८ असार २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निशुल्क डायलाइसिस सेवा संचालानमा आएको छ । यसअघिको प्रतिष्ठानको नेतृत्वको डायलाइसिस सेवा आउट सोर्सिङबाट चलाएकोमा खासै सेवा प्रभावकारी हुन नसकेको जन गुनासो आएपछि प्रतिष्ठानको उपकुलपती डा.विकास लामिछानेले गुनासोलाई सम्बोधन गर्दै उक्त कम्पनिलाई हटाउदै प्रतिष्ठानले अब आफै हेर्ने भएको प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिए।

प्रतिष्ठानले मृगौलाका बिरामीलाई निशुल्क डायलाइसिस सेवा दिएपछि बिरामीहरु खुसी भएका छन । अहिले प्रतिष्ठानमा ६ वटा डायलाइसिस मेसिन संचालानमा छन । प्रतिष्ठानकी डायलाइसिस इन्चार्ज झरणा पुलामी भण्डारीका अनुसार ती मेसिनबाट २४ जनाले डायलाइसिस सेवा पाईरहेका छन । उनले एक सिफ्टमा ४ देखि ५ जनाले डायलाइसिस सेवा पाउने जानकारी दिइन ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफै निशुल्क डाइलाशिस सेवा संचालानमा ल्याएपछि सेवा अत्यन्तै प्रभावकारी भएको र केहि मेसिन थप्ने पहल भइरहेको प्रतिष्ठानले जनाएको छ । केहि दिन अघि प्रतिष्ठानको अबलोकनमा पुगेका स्वास्थ्य राज्यमन्त्री हिराचान्द्र केसीलाई मेसिन थपिदिनका लागि पहल गरिदिन उपकुलपति डाक्टर विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाले आग्रह गरेका थिए ।

राज्यमन्त्री केसीले प्रतिष्ठानलाई बजेटको चिन्ता नलिन र ४ सय बेडको अत्याधुनिक भवनसहित मेडिकल कलेज बन्ने भनिएको जग्गामा पुर्बाधार बनाउने गरि बजेट आउने बिश्वास दिलाए । उनले आफ्नो कार्यकालमा दाङको स्वास्थ्य क्षेत्रको विकासका मरिमेट्ने भन्दै पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गरेर देखाइदिने ठोकुवा गरे ।

रजिस्ट्रार थापाले राज्यमन्त्री केसीकी पहलमा प्रतिष्ठानमा ७ वटा डायलाइसिस मेसिन थपिन लागेको जानकारी दिए । ति मेसिन थपिए पछि प्रतिष्ठानले २४ सै घण्टा निशुल्क रुपमा मृगौलाका बिरामीलाई डायलाइसिस सेवा दिने बताए ।

प्रतिक्रिया दिनुहोस्