घरघरमै पुगेर बिरुवा निःशुल्क वितरण

दाङ समाचार
दाङ समाचार ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ– डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण गर्न सुरु गरेको छ ।

गाउँ नगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अन्र्तगत नागरिकलाई घरघरमै पुगेर बिरुवा वितरण गर्न सुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै पुगेर बिरुवा वितरण गरिएको हो । शुक्रबार बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने गरेको वन कार्यालयले जनाएको छ ।

दैनिक जीवनमा काम लाग्ने र लगाउन माग गरिरहेका प्रजातिका बिरुवा निःशुल्क वितरण शुरु गरिएको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

अभियानका क्रममा टिमुर, दालचिनी, अमला, कल्की, कपुर, पारिजात लगायतका प्रजातिका बिरुवा वितरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्