अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा, तीन जना पक्राउ

दाङ समाचार
दाङ समाचार ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको जनकपुरधामस्थित एक घरमा प्रहरीले छापा मारेको छ । जनकपुरधाम उपमहानगरपालिका-९ स्थित घरमा छापा मार्दा ठुलो मात्रामा मेडिकल सामग्री फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

मेडिकल सामग्री फेला परेपछि घरमा बसिरहेका तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक रहेको बस्नेतले बताए । ती सामानसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने र अन्य अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्