श्रीलंकामा प्रधानमन्त्री विक्रमसिंहेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ

दाङ समाचार
दाङ समाचार ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन् ।

आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन् ।

एनले प्रधानन्यायाधीश जयन्थ जयसुरियासामू सपथ लिएका हुन् । राजपक्षले नै विक्रमसिंहेलाई बुधबारै कार्यवाहाक राष्ट्रपतिमा नियुक्त गरेका थिए ।

संविधान अनुसार विक्रमसिंहेले अबको केही समयसम्म कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी बहन गर्नेछन् भने शनिबारबाट सुरू हुने त्यहाँको संसद बैठकले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया सुरू गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्