कलैया उपमहानगरपालिकाले हटायो ४३ कर्मचारी

दाङ समाचार
दाङ समाचार १ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – बाराको कलैया उपमहानगरपालिकाले करार र ज्यालादारीमा काम गर्दै आएका ४३ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । योजना तथा प्रशासन प्रमुख मुस्ताक अन्सारीका अनुसार आइतबारदेखि करारतर्फका ३९ र दैनिक ज्यालादारीमा काम गर्दै आएका ४ जना कर्मचारीको सेवा अन्त्य भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले असार ३१ गते नै सूचना जारी गर्दै उनीहरुलाई साउन १ गतेदेखि काममा नआउन जानकारी गराएका थिए । करार तथा ज्यालादारी कर्मचारीलाई भने ०७९ साउन १ गतेदेखि कामकाजमा नलगाउने निर्णय भएको पत्रमा उल्लेख छ ।

नगर प्रमुख विनोद साहको आदेशमा करार तथा ज्यालादारीका केही कर्मचारीलाई हटाइएको प्रमुख प्रसाशकीय अधिकृत साहले जानकारी दिए । उपमहानगरपालिका स्रोतका अनुसार निवर्तमान नगर प्रमुख राजेश राय यादवले राखेका करार र ज्यालादारीका अधिकांश कर्मचारी हटाइएका हुन् । वीरगञ्ज महानगरपालिकाले पनि ६४ जना दैनिक ज्यालादारी कर्मचारी हटाएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्