काठमाडौं – इजरायलले आफूले गाजापट्टीमा इस्लामिक जिहादका अर्का वरिष्ठ नेताको हत्या गरेको बताएको छ। सैनिक अधिकारीहरूले खालेद मन्सुर रफा शहरमा गरिएको हवाई हमलामा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ।
मंगलबार इस्लामिक जिहादका एक जना वरिष्ठ सदस्यलाई इजरायलले हत्या गरेपछि चर्किएको तनावमा कम्तिमा २४ जना प्यालेस्टिनीहरूले ज्यान गुमाएको बताइएको छ। मारिनेमा ६ जना बालबालिका रहेका छन्।
विद्रोहीहरूले शुक्रवार यता इजरायल ३५० भन्दा बढी रकेट प्रहार गरेका छन्। गाजाबाट रातभरि इजरायलतर्फ दर्जनौँ क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरायली सेनाले बताएको छ।
इजरायलका अनुसार गाजामा हवाई हमलाका साथ साथ, पीआईजेका करीब १९ सदस्यलाई कब्जा लिइएको वेस्ट बैंकमा छापामारेर पक्राउ गरिएको छ। यो इजरेल र प्यालेस्टाइनबीच एक वर्षभन्दा केही बढी समयमा भड्किएको सबैभन्दा गम्भीर हिंसा हो।
सन् २०२१ को मे महिनामा भएको ११ दिने युद्धमा २०० प्यालेस्टिनीहरू र एक दर्जनको संख्यामा इजरायलीहरूको मृत्यु भएको थियो र पछि युद्धविराम सम्झौता गरेर युद्ध रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्