काठमाण्डौ – अस्ट्रेलियाकाे क्यानबेरा एयरपाेर्टमा गाेलीबारी चलेकाे छ। घटनापश्चात एयरपाेर्ट खाली गरिएकाे छ। प्रत्यक्षदर्शीहरूले तीनपटक गाेली चलेकाे सुनेकाे बताएका छन्। गाेली चलेपनि कसैलाई केही पनि नभएकाे जनाइएकाे छ।
प्रहरीले एक शंकास्पद व्यक्तिलाई हिरासतमा लिएकाे छ। प्रहरीले यससम्बन्धमा छानबिन गरिरहेकाे छ। विस्तृत विवरण आउन बाँकी नै छ।
प्रतिक्रिया दिनुहोस्