भारी वर्षा र बाढीबाट पचास जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – भारतको उत्तरी र पूर्वी भूभागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ। भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरूले जनाएका छन्।

पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत-नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको उद्धार अधिकारीहरूले जानकारी दिएका छन्।

हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ। त्यसमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यहाँ अरू केही अझै बेपत्ता रहेका छन्।

त्यसैगरी, उडिसा र झारखण्डमा पनि भारी मात्रामा वर्षा र पहिरो गएको छ। कतिपय विदेशी पर्यटकहरू थुनिएका र चेपिएका छन्। उनीहरूको उद्धार जारी रहेको बताइएको छ।

यसअघि आइतबार नै पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको समाचार आएको थियो। बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ।

बाढीपहिरोका कारण चेपिएका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्