रोजगारीका लागि दुबई पुगेका वलीको मृत्यु

दाङ समाचार
दाङ समाचार ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

दाङ – बैदेशिक रोजगारीको लागि खाडी मुलुक दुबई पुगेका दाङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नं. १ कालितरा घर भई हाल शान्तिनगर गाउँपालिका वडा नम्बर ६ तिलवारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन् ।

वली ५ महिना अघि बैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक दुबई गएका थिए, वली करिब १ महिना देखि परिवारसंग पनि सम्पर्क विहिन भएका थिए ।

वलीसंग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिवल खेल्न गएको बेला कम्पनीबाट भागेको घरपरिवारलाई जानकारी दिएका छन । बेला बेलामा वलीको फोन नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको वलीको परिवारले बताएको छ । कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ । वलीको घरमा श्रीमती र एक छोरी छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्