क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, १५ घाइते

दाङ समाचार
दाङ समाचार २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – क्यानडाको मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहारबाट १० जनाको मृत्यु भएको छ। हिंसात्मक उक्त घटनामा १५ जना घाइते भएका क्यानडाको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा अन्धाधुन्ध छुरा आक्रमण भएको हो। छुरा प्रहार घटनामा दुई युवा संलग्न रहेको प्रहरीको आशंका छ।

३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको प्रहरीले आशंका गरेको बिबिसीले जनाएको छ।  घटनाका दुवै शंकास्पद आरोपित फरार छन्।

फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको क्यानेडियन प्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गर्न खोजी अभियान तीव्र पारिएको छ। घटना भएको क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन भन्दै घर भित्रै बस्न आग्रह गरेको छ।

 छुट्टाछुट्टै स्थानमा सुरक्षा चेकपोइन्ट स्थापना गरेर प्रहरीले खोजी गरिरहेको जनाएको छ। जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन्।

प्रतिक्रिया दिनुहोस्