प्रमोद आचार्य, दाङ
प्रधानमन्त्री आधुनिकिकरण परियोजनाको साना व्यवसाय बाख्रा पकेट कार्यक्रम अन्तर्गत बोयर बोका, कम्बाइन मिल, डिजिटल धर्मकाटा, विद्युतिय च्यापकटर लगायतका यान्त्रिक सामाग्री दङ्गिशरण गाउँपालिका वडा नम्बर १ को बाँकीमा बितरण गरिएको छ ।
गाउँपालिकाको पचास प्रतिशत अनुदान र किसानको पचास प्रतिशत लगानीमा कृषि यांत्रिक सामाग्री बितरण गरिएको हो ।
महिलाहरूलाइ कृषिमा उत्प्रेरित गरि आत्मनिर्भर बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रम अगाडि सारिएको दङ्गिशरण गाउँपालिका पशु सेवाका प्रमुख हिबराम चौधरीले बताए ।
दङ्गिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, वडा नम्बर १ का वडाध्यक्ष रमेश भण्डारी, नेपाली काङ्ग्रेसका नेता यज्ञबहादुर बिस्ट लगायतको उपस्थितिमा कृषि सामाग्री बितरण गरिएको हो ।
सामग्री वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले निशुल्क दिइने सामाग्रीको उचित सदुपयोग हुने र किसानहरुको पनि थोरै लगानी भए राम्रो प्रतिफल आउने र किसानको उदेश्य समेत पूरा हुन सक्ने बताए ।
दिगो विकास कार्यक्रम सन्चालक समितिका अध्यक्ष हिमबहादुर भण्डारीको सभापतित्व, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा वडा न १ का वडाध्यक्ष रमेश भण्डारीको विशिष्ट आथित्यतामा सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्