लागू पदार्थ दुर्ब्यशन सम्बन्धि सचेतना गोष्ठी सम्पन्न

दाङ समाचार
दाङ समाचार १ असार २०७९, बुधबार
1 Min Read
Aa

प्रमोद आचार्य, दाङ

दङ्गिशरण गाउँपालिकाको आयोजनामा बाल यौन दुर्व्यवहार तथा लागू पदार्थ दुर्ब्यशन सम्बन्धि सचेतना गोष्ठी सम्पन्न भएको छ ।

दङ्गिशरण गाउँपालिका भित्रका पाँचवटा विद्यालयका विद्यार्थीहरुको सहभागीतामा गोष्ठी सम्पन्न भएको हो । बाल यौन दुर्व्यवहार र दुर्व्यशनीले समाजमा पारेको असर र बिशेष गरि बालबालिकाहरु यसको बढ्दो सिकार भएकोले यसको रोकथाम र न्युनिकरण गर्न सरोकारवालाहरुले बिशेष ध्यान दिन गोष्ठीमा सहभागीले जोड दिए ।

त्यस्तै गोष्ठीमा सहभागी भावना चौधरीले बालबालिकामा हुने दुर्व्यवहार र दुर्ब्यशनीले गर्दा सामाजिक, आर्थिक र नैतिक रुपमा पतन हुने अनि सामाजिकरुपमा अपहेलित समेत हुने भएकाले यस तर्फ सबै सचेत रहन जरुरी रहेको बताईन ।

गोष्ठीको समापन समारोहमा बोल्दै विद्यार्थीहरुले आफुले सिकेका कुराहरुलाइ आफ्नो गाउँ ठाउँ सम्म लगेर सचेतना फैलाउन आग्रह गरे । यस्तै कानूनलाइ अक्षरस पालना गर्ने र आफ्नो पालिकालाई बालबालिका मैत्री गाउँपालिका बनाउन आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

एक दिने गोष्ठीको प्रशिक्षकमा ईलाका प्रहरी कार्यालाय हेकुलीका प्रहरी सहायक निरीक्षक बलसिंह केसी र गाउँपालिकाका राजस्व बिभाग प्रमुख किरण पोख्रेल रहेका थिए । कार्यक्रमको सहजीकरण दङ्गिशरण गाउँपालिक महिला बालबालिका शाखाकी सहायक महिला विकास निरीक्षक चन्द्रकला वलीले गरेकी थिइन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्