दाङ– लमही नगरपालिकाले किसानलाई निशुल्क उन्नत जातका बङुरका पाठा वितरण गरेको छ । व्यवसायिक रुपमा बङुर पालन गरेका सत्र जना किसानलाई ती पाठा वितरण गरिएको हो ।
चालू आर्थिक वर्ष २०७८/७९ को बिनियोजित एक लाख चालीस हजार बजेटबाट लमही नगरपालिका पसु सेवा उपशाखाका प्रमुख शिबराज न्यौपानेले नेपाल कृषि अनुशन्धान परिषद पाख्रेबास र बङुर अनुशन्धान निर्देशनालय सुनसरी तररा पुगेर ती उन्नत जातका बङुरका पाठा ल्याइएको जानकारी दिए ।
किसानलाई बङुरका पाठा हस्तान्तरण गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कृषि पेशाले किसानलाई आर्थिक रुपमा बलियो बनाउन मद्दत पुग्ने बताए । “आजभोलिका कलिला उमेरका युवाहरु वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएको देखिन्छ, पैसा कमाउनका लागि नेपाल बाहिर नै जानू पर्छ भन्ने छैन, आफ्नै देशमा कुनै पेशामा सीप सिकेर त्यो सिपलाई व्यवहारमा उतार्न सक्यो भने कतै जानू पर्दैन”- प्रमुख चौधरीले भने ।
त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले व्यवसायीक रुपमा लाग्न किसानलाई आग्रह गरिन । परम्परागत तरिकाले गर्दै आएको पेशालाई अब आधुनिक तरिकाले पेशा गर्नु पर्ने र आधुनिक प्रणालीबाट गरेको कुनै पनि व्यवसायले किसानलाई आर्थिक पाटोमा बलियो बनाउछ”- उपप्रमुख योगीले भनिन ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोजकुमार चौधरी, पत्रकार दशरथ घिमिरे लगायतले बोलेका थिए । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पशु सेवा उपशाखाका प्रमुख शिबराज न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्