काठमाडाैँ – रोहिन्या शरणार्थीहरूले ११ बुँदे मागसहित विराेध प्रदर्शन गरेका छन्। काठमाडौँस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसिआर) अघि रोहिंग्या शरणार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।
संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन्। विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् ।
म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रूपमा आएका उनीहरूले यूएनएचसिआरले चासो नदिएको गुनासो गरे। यूएनएचसिआरले आर्थिक तथा सामाजिक गतिविधिहरुमा चासो नदिँदा मानव अधिकारको हनन भएको उनीहरूको भनाइ छ।
रोहिंग्या शरणार्थीहरुले बालबालिकाहरुको अधिकार हनन गरिरहेको भन्दै सोमबारबाट विरोध प्रदर्शन गरिरहेको छ। मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारलाई यूएनएचसिआरले नियमतः पालना नगर्दा आफ्ना बालबालिकाहरूको अधिकार हनन भएको उनीहरूको गुनासो छ।
विराेधमा उनीहरूले ‘हामी न्याय चाहन्छाैँ’, ‘हामी जवाफ खान सक्दैनाैँ, हामीलाई खान देऊ ‘, ‘ तिम्राे सहयाेगबिना कसरी बाँच्ने?’, जस्ता ब्यानर लेखिएका पम्प्लेट प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्