दंगिशरण गाउँपालिकाले मनायो धान दिवस

दाङ समाचार
दाङ समाचार १५ असार २०७९, बुधबार
2 Min Read
Aa

प्रमोद आचार्य, दाङ

“धान बालिमा जैबिक बिबिधताको उपयोग ”
“आयात प्रतिस्थापनमा सहयोग “भन्ने मुला नारा सहित १९ औ राष्टिय धान दिवस कार्यक्रम दंगिशरण १ को रामपुरमा सम्पन्न भएको छ ।

काउली कृषक समुहका अध्यक्ष छिपेन्द्र चौधरीको सभापतित्व, दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा वडा नम्बर १ का वडा अध्यक्ष रमेश भण्डारी र प्रमुख प्रसासकिय अधिकृत खीम बहादुर खड्काको विशिष्ट आतिथ्यतामा धान दिवस मनाइएको हो ।

धान दिवस कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले पहिले असार १५ लाइ खेतिपाति शुरु गर्ने समय र दहिचिउरा खाएर मनाउने प्रचलन भएपनि नेपालको सन्दर्भमा २०६१ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउन थालिएको बताए ।

अहिलेको अबस्थामा धान दिवस मनाई रहँदा र वर्षा पनि सुरुवात भैसकेको तर किसानहरुले रसायनिक मल सहज रुपमा नपाएको प्रति दुख व्यक्त गरे । गाउँपालिकाको तर्फबाट किसानहरुलाइ कृषिमा दिने हरेक अनुदान तथा किसानलाइ धानको बिउ ,मकै बाली पकेट विकास कार्यक्रम, डाले घाँस, बर्सिम घाँस, तथा कृषिका हरेक क्षेत्रलाई प्राथमिकतामा राखि कृषि अनुदान दिदै आएको कृषि शाखा प्रमुख शरु भुषालले जानकारी दिए ।

यस्तै शाखा प्रमुख भुषालले दंगिशरण गाउँपालिकामा २८८० हेक्टर जमिन खेतियोग्य रहेको र धानको कुल उत्पादनमा ३.३ प्रतिशत कुल ग्रास्थ उत्पादन रहेको बताए । दंगिशरण गाउँपालिका वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको धान दिवस कार्यक्रममा काउली कृषक समुहका सदस्यहरू गाउँपालिका अध्यक्ष, कृषि शाखा कर्मचारीहरु र पालिका कर्मचारीको अगुवाइमा धान रोपेर १९ औ धान दिवस मनाइएको हो ।

धान दिवस कार्यक्रम काउली कृषक समुह दंगिशरण गाउँपालिका वडा न १ को आयोजना तथा दंगिशरण गाउँपालिका कृषि विकास शाखा हेकुलीको सहयोगमा आयोजना गरिएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्