दाङ – घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको ना ७ ख ३८९ न. को बसले सोही दिशा बाट आउँदै गरेको रा ६ प ५००० न. को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेको परिचय खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्