युवती मृत्यु प्रकरणः केएमसी स्कुल तनावग्रस्त

दाङ समाचार
दाङ समाचार १९ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुल तनावग्रस्त बनेको छ। स्कुलको होस्टेलमा एक २१ वर्षीया युवती मृत फेला परेपछि विद्यालय तनावग्रस्त बनेको हो।

युवतीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन्। उनीहरुले अझै शव बुझ्न मानेका छैनन्। प्रहरीले भने पीडित परिवारसँग छलफल भइरहेको बताएको छ।

प्रहरीका अनुसार केएमसी स्कूलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका- ८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुका स्कुलमै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार रायमाझी स्कूलभित्र होस्टेलको बेडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्