चट्याङ लागेर गुल्मीमा १४ वर्षीय बालकको मृत्‍यु

दाङ समाचार
दाङ समाचार २१ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । मदाने गाउँपालिका वडा -१ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्