दाङ– प्रेस चौतारी नेपालले दाङ इन्चार्ज केन्द्रीय सदस्य गणेश आचार्यलाई बनाएको छ । आईबार बसेको केन्द्रीय सचिवालय बैठकले आचार्यलाई दाङ इन्चार्ज तोकेको महासचिव हिरामान लामाले जारी गरेको शर्कुलरमा उल्लेख छ ।
सहइन्चार्ज अर्का केन्द्रीय सदस्य रिता लामालाई बनाइएको छ । त्यसैगरी दाङका अन्य केन्द्रीय सदस्यलाई लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको जिम्मेवारी दिइएको छ ।
सन्तोष दहित पुर्वी रूकुम इन्चार्ज,विदुर एमसी सह-ईन्चार्ज र सन्तोषकुमार गुप्ता रोल्पाको सहइन्चार्ज बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्