बूढीगंगा नगरपालिकाको मतगणना केहीबेरमा सुरु हुँदै

दाङ समाचार
दाङ समाचार २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बाजुराको बूढीगंगा नगरपालिकामा बिहीबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ। मतगणना सुरु गर्न बिहानदेखि बसेको सर्वदलीय बैठक भरखरै सकिएको छ।

बैठकले अब केहीबेरपछि मतगणना सुरु गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीले  जानकारी दिए। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ। नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्