काठमाडाैँ – कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। गौरीगङ्गा नगरपालिका-९ शङ्करपुरमा गए राति सुप प्र ०१-००९ प ७८९१ र से ७ प ११४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा से ७ प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो।
उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा सुप प्र ०१-००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा-0९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन्। चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिए।

प्रतिक्रिया दिनुहोस्