धर्नामा सहकारीको भवन उद्घाटन

दाङ समाचार
दाङ समाचार २९ असार २०७९, बुधबार
1 Min Read
Aa

दाङ – घोराही उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको धर्ना साना किसान कृषि सरकारी संस्था लिमिटेडको नव निर्मित भवनको उत्घाटन गरिएको छ । भवनको नगरप्रमुख नरूलाल चोैधरी र उपप्रमुख हुमा कुमारी डिसीले रिवन काटेर समुद्घाटन गरेका हुन ।

सहकारीको अध्यक्ष शिवा कार्कीको अध्यक्षता एबम् नगर प्रमुख नरूलाल चोैधरीको प्रमुख आतिथ्यता र उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख चोैधरीले सहकारी भनेको जनता आफैले अवसर लिनको लागि खोलेको बैङ्क भएको हुदा जनतालाई समृद्दीको यात्रामा अगाडी बढाउन सहकारीले भुमिका खेलेको बताए ।

उनले सहकारीले व्यक्तीको जीवनमा परिवर्तन ल्याएको बताउदै नगरप्रमुख चोैधरीले सहकारीका सदस्यहरूले ऋण लिएरै भए पनि बजारको माग अनुसारको उत्पादनमा जोड दिन सुझाव दिए ।

कार्यक्रममा बिशिष्ट अतिथि एवम् नगर उपप्रमुख हुमा कुमारी डिसीले कृषि सरकारीलाई सहकारी ऐनले कारोबार गर्नको लागि सिमित दायरा तोकेको भए पनि ग्रामिण क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकिकृत गर्नको लागि साना कृषि सरकारीले पुँजी सकलनलाई पनि निरन्तर दिनु पर्ने बताइन ।

उनले सहकारीेले राम्रो काम गरे सरकारी निकायले उचित सम्बोधन गर्ने समेत बताउदै सहकारीलाई कार्ययोजना बनाएर काम गर्न सुझाव समेत दिइन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्