नेपाल भ्रमणमा आइपुगे बलिउड अभिनेता विवेक ओबराय

दाङ समाचार
दाङ समाचार २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – दशदिने नेपाल भ्रमणको लागि बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका छन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम छ ।

विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका छ । प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने योजना छ ।

त्यसपछि उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्नेछन् । त्यहाँको छोटो पदयात्रापछि उनी पोखराबाट भैरहवा जानेछन् र लुम्बिनी दर्शन गर्नेछन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्