श्रीलंकामा संकटकाल घोषणा

दाङ समाचार
दाङ समाचार २९ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन ।

राष्ट्रपतिले आज (बुधबार) राजीनामा दिने बताएका थिए । देश आर्थिक संकटमा फसेपछि नागिरकले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा मागेर प्रदर्शन गरिरहेका छन । राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले दुबैले राजीनामा निदएसम्म आफूहरु घर नफर्कने अडान लिएका छन ।

प्रतिक्रिया दिनुहोस्