भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

दाङ समाचार
दाङ समाचार ५ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु बिहीबार राष्ट्रपतिमा विजयी भएकी हुन्।

विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छन्। यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो। मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए। विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो। ६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन्। उनी वर्षौँदेखि भारतीय जनता पार्टी (भाजपा)मा आबद्ध थिइन्। उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन्।

भारतमा राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन्। भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ।

सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा उनको जन्म भएको हो। यो भारतको सबैभन्दा पुरानो आदिवासी समूह हो। मर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरिन्। लगत्तै उनी सरकारी जागिरे भइन्। सन् १९७९ मा उनी सिंचाइ विभागमा सरकारी कर्मचारी थिइन्।

सन् २००० मा उनी भाजपाको तर्फबाट राज्यसभामा निर्वाचित मुर्मु सन् २०१७ मा झारखण्ड राज्यको गभर्नर बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्