काठमाण्डौ – अमेरिकाकाे लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ।
पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको लस एन्जलस प्रहरी विभागका क्याप्टेन केली मुनिजले एक पत्रकार सम्मेलनमा जानकारी दिए।
‘हामी प्रमाण र सम्भावित थप पीडितहरूका लागि पार्क खाली गर्न जारी राख्छौंँ’, केलीको भनाइ उद्धृत गर्दै सिएनएनले जनाएको छ। एक जनाभन्दा बढी मानिसले गोली प्रहार गरेको अनुमान गरिएको छ।
प्रहरीले गोलाबारीबारे थप अनुसन्धान गरेको छ। अमेरिकामा बारम्बार गोली प्रहारका घटना हुने गरेका छन्। केही दिनअघि पनि दुई समूहबीच गोली हानाहान भएको थियो।

प्रतिक्रिया दिनुहोस्