विषाक्त रक्सी सेवनबाट भारतमा ७ को मृत्यु, १० जना अस्पताल भर्ना

दाङ समाचार
दाङ समाचार १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – भारतमा विषाक्त रक्सी सेवनका कारण सात जनाको मृत्यु भएको छ।

गुजरातको बाटोद जिल्लामा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा पनि सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै स्थानीय प्रहरीले बताए अनुसार बाटोद जिल्लाको रोजिद गाँउमा सात जनाको मृत्यु भएको हो भने अन्य दश जनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

गुजरातका प्रहरी महानिर्देशक आशीष भाटियाका अनुसार प्रहरीले तीन रक्सी तस्करलाई पक्राउ गरेको छ जो नकली एवं स्वदेशी रक्सी बेच्ने काममा सक्रिय थिए।

अस्पतालमा भर्ना भएका एक जनाकी श्रीमतीले बताए अनुसार उनका पतिले शनिबार राति रक्सी सेवन गरेका थिए र त्यसको केही घण्टा पछि उनको स्वास्थ्य बिग्रन थालेको थियो।

प्रतिक्रिया दिनुहोस्