मदिरा प्रतिबन्धित गुजरातमा विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ । अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गुजराजको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् । उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।

भारतको गुजराजसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्