चीनको वुहानमा फेरि लकडाउन

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।

चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको बताइन्छ । चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्