काठमाण्डौं – पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखड शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गर्दा धनखडले ५२८ मत प्राप्त गरेका थिए ।१६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको जानकारी दिए । पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले बताए ।
नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो । बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखडलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो ।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्