इराकको राजधानीमा भिडन्त, कम्तीमा २० जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – इराकको राजधानी बग्दादमा भएको भिडन्तका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ।

शक्तिशाली धर्मगुरु मोक्तादा अल-साद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि बग्दादमा सोमबार भिडन्त भएको हो।

धर्मगुरुका समर्थकहरू सरकारी भवनमा आक्रामक रूपमा प्रस्तुत भएका हुन्। यस्तै, उनीहरूले विपक्षी समूहसँग भिडन्त गरेका हुन्।

राति पर्दै गएपछि पनि मसिन गन तथा बिस्फोटको आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

सरकारी हेडक्वाटर तथा विदेशी दूतावासहरू निशानामा आएको र यो पछिल्लो केही वर्ष यताकै गम्भीर भिडन्त रहेको बताइएको छ।

भ्रष्ट संरचना तोड्न नसकेको भन्दै राजनीतिबाट सन्यास लिने बताएका साद्रले हिंसाको प्रयोगको भने निन्दा गरेका छन्। त्यसको विरोधमा भोक हडतालमा जाने उनले घोषणा गरेको संचार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्