काठमाडाैँ – भारतको उत्तर प्रदेशमा दुई वटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ।
सोमबार भएको सो दुर्घटनामा करिब २० जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
दुवै बस बिहारबाट दिल्लीको यात्रामा थिए। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ। चालकको लापरबाही, पुराना सवारी साधन र मर्मत सम्भार नगरिएका सडकलगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्