युगान्डामा करिब ५ लाख मानिस भाेकमरीकाे चपेटामा

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडाैँ – युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले सहयोगका लागि आह्वान गरेका छन्। त्यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परिसकेकाे बताइएकाे छ।

युगान्डाको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो। राष्ट्र संघीय एजेन्सीहरूका अनुसार त्यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र यहाँ अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि खाद्यान्न नहुने गरेको पाइएको हो ।

त्यहाँ केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ। खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरू देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए।

युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरूले त्यहाँका बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन्।

यो अवस्थाका बारेमा सरकार र राष्ट्रसंघीय अधिकारीहरूले अहिलेकै अवस्था रही आएमा चरम खाद्यान्न अभाव हुने र नागरिकहरू कुपोषणको शिकार हुने अवस्था रहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्