भारतकाे हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा १६ जनाकाे मृत्यु

दाङ समाचार
दाङ समाचार २० असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – भारतकाे हिमाचल प्रदेशको कुल्लु जिल्लामा एक निजी बस खाल्डोमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरैजसाे विद्यालयका बालबालिका रहेका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार यो घटना कुल्लुको निओली-शानशेर सडकमा रहेको साँज उपत्यकाको जंगल क्षेत्रमा बिहान ८ बजे भएको हो। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।

हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गरेका छन्। बसमा कम्तीमा पनि २० जना यात्रु भएकाे बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्