उपराष्ट्रपति चुनाव: प्रधानमन्त्री मोदीले गरे मतदान

दाङ समाचार
दाङ समाचार २१ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – भारतको १६ औँ उपराष्ट्रपतिको निर्वाचनका लागि अहिले संसदमा मतदान भइरहेको छ। निर्वाचनको नतिजा आज नै सार्वजनिक हुनेछ। मतदान सुरु हुनेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हालेका थिए।

उनीपछि गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले हाले। वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ।

सत्तारूढ एनडिएले पश्चिम बंगालका राज्यपाल जगदीप धनखर र विपक्षी दल कांग्रेसकी वरिष्ठ नेता मार्गरेट अल्वालाई उम्मेदवार बनाएको छ। पूर्वप्रधानमन्त्री मनमोहन सिंह पनि मतदान गर्न संसद पुगेका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनले ह्वील चेयरमा बसेर मतदान गरेका हुन्। यीबाहेक केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धिया, नितिन गडकरी, गजेन्द्र सिंह शेखावत, अर्जुन राम मेघवाल र वी मुरलीधरन पनि मतदान गर्न संसदमा पुगेका थिए।

भाजपाका राष्ट्रिय अध्यक्ष र राज्यसभा सांसद जेपी नड्डाले पनि मतदान गरे।

प्रतिक्रिया दिनुहोस्